


काठमाडौं– आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहि बाँकी भागको मौसम सफा रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ। दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।
यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।
विभागले आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहने जनाएको छ। आज बिहान ६ बजेर २८ मिनेटमा सूर्योदय हुनेछ भने साँझ ५ बजेर १० मिनेटमा सूर्यास्त हुनेछ।
Artha Sanjal

अर्थ सन्जाल