अह्मदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतले दिएको २४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४३ ओभरमा मात्र चार विकेटको क्षतिमा उक्त लक्ष्य भेटायो ।
टोलीलाई डबल ह्याट्रिक गराउने क्रममा अस्ट्रेलियाका लागि ओपनर ट्रविस हेडले शानदार शतक प्रहार गरे । उनले १२० बलमा १५ चौका र चार छक्काको मद्दतमा १३७ रनको शतकी पाली खेले ।

यस्तै म्यर्नुस लबुस्चगेंले ५८ रनको अर्धशतकीय इनिङ खेले । चार चौकाको मद्दतमा उक्त योगफल तयार पारेका उनी नटआउट रहे । मिचेल मार्शले १५ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १५ रन जोडे । स्टेभेन स्मिथ ९ बलमा मात्र चार रन जाडेर पेवेलियन फर्किए भने ग्लेन म्याक्सवेल एक बलमा दुई रन जोडेर अविजित रहे ।
बलिङतर्फ भारतका जस्पृत बुमराहले दुई विकेट लिए । मोहम्मद शामी र मोहम्मद सिराजले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका भारतले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २४० रन बनाएको थियो । भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय इनिङ खेले । कोहलीले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे भने राहुलले १०७ बलमा एक चौकाको मद्दतमा ६६ रन बनाए ।
यस्तै भारतका लागि रोहित शर्माले ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, सूर्यकुमार यादवले १८, कुलदिप यादवले १०, रविन्द्र जडेजाले ९, मोहम्मद शामीले ६, शुबमन गिल र श्रेयस ऐरले समान ४ र बनाए । जस्पृत बुम्राह एक रमै पेवेलियन फर्किए ।
बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । जोश हज्लेऊड र पत क्युम्मिनसले समान दुई दुई विकेट लिए भने ग्लेन म्यास्क्वेल र अदम जाम्पाले एक एक विकेट लिए ।
यस पटकको विश्वकपमा भारतले फाइनलमै पहिलो हार बेहोरेको हो । भारतका लागि यसपटक विश्वकपमा ह्याट्रिक गर्ने मौका थियो । तर लिग चरणमा पराजित गरेको अस्ट्रेलियाले नै उपाधि भिडन्तमा भने भारतलाई हराएको हो । योसँग पाँच पटक विश्वकप फाइनल खेलेको भारत ह्याट्रिक गर्नबाट चुकेको छ ।
अस्ट्रेलियाले भने डबल ह्याट्रिक गरेको छ । योसँग ९ पटक फाइनल खेलेको अस्ट्रेलियाले यसपटक डबल ह्याट्रिक गरेको हो । विश्व कपको फाइनलमा भारत र अस्ट्रेलियाबीच सन् २००३ मा पनि खेल भएको थियो । त्यो खेल पनि अस्ट्रेलियाले नै जितेको थियो ।
अर्थ सन्जाल