


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतलाई अर्को झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाले दोस्रो विकेट लिएको हो ।
अस्ट्रेलियका ग्लेन म्याक्सवेलले भारतका कप्तानसमेत रहेका रोहित शर्माको विकेट लिएका हुन् । शर्माले ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७ रन बनाए ।
Artha Sanjal

अर्थ सन्जाल