


काठमाडौं । ललितपुर प्रहरीले दशैँ र तिहारमा ६७ जना जुवाडेलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकाहरूबाट ३३ लाख २२ हजार १३५ रुपैयाँ बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
चाडपर्वको अवसरमा मनोरञ्जनबाहेक पैसा हारजित हुने खालको जुवातास खेलेको सूचनाका आधारमा उनीहरू पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । यसरी पक्राउ परेकाहरूमा ५१ जना पुरुष र १६ जना महिलासमेत छन् । उनीहरूलाई ललितपुर प्रहरीले जुवाविरुद्ध मुद्दा चलाएको छ ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४५ बुक तास १६ थान कौडा, लंगुरबुर्जा र बाल्टिनसमेत बरामद गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल