


काठमाडौं । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको हो ।
विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।
मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।
Artha Sanjal

अर्थ सन्जाल