अर्थ सन्जाल
१८ मंसिर २०८०, सोमबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ मंसिर २०८०, सोमबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

भारतमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी

  • अर्थ सन्जाल
  • २८ कार्तिक २०८०, मंगलवार १४:०३


एजेन्सी । उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मङ्गलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउन सङ्घर्ष गरिरहेका छन् ।

हिमाली राज्य उत्तराखण्डमा एक्स्काभेटरहरूले आइतबार बिहानैदेखि सुरुङभित्र फसेका ४० जना जीवित मजदुरहरूका लागि बाहिर निस्कने अर्को सुरुङ निर्माणका लागि भग्नावशेषहरू पन्छाइरहेका छन् । “हाम्रो सबैभन्दा ठूलो सफलता भनेको हामीले मजदुरहरूसँग सम्पर्क स्थापित गरेका छौँ र अक्सिजन र खानाको आपूर्ति सम्भव भएको छ”, उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले भने, “उनीहरू बाँच्नका लागि जे आवश्यक पर्छ त्यो गरिँदैछ ।”

सुरुङमा अक्सिजन पुर्याउने काम भइरहेको र मजदुरहरूलाई सुक्खा फलफूलजस्ता साना सामग्री उपलब्ध गराइरहेको उनले बताए । सुरुङ भत्केलगत्तै सरकारी उद्धार टोलीहरूले जारी गरेको तस्बिरहरूमा फराकिलो सुरुङमा फोहरका थुप्रोहरूले अवरुद्ध बनाएको देखाइएको छ । सुरुङको छतबाट भाँच्चिएका धातुका बारहरू र कङ्क्रिटका स्ल्याबहरू अगाडि पसेका छन् ।

टोलीले फसेका मजदुरलाई बाहिर निकाल्ने मार्ग चौडा बनाउन ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिल पाइप चलाउन ठूलो मेसिनको प्रयोग गरिरहेको सरकारी राजमार्ग तथा पूर्वाधार कम्पनीले बताएको छ । उत्तरकाशी र यमुनोत्री दुई पवित्र हिन्दू मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको चार दशमलव पाँच किलोमिटर सुरु निर्माण भइरहेको थियो ।

यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो । उक्त परियोजनाको उद्देश्य केही प्रख्यात हिन्दू तीर्थस्थलहरू र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।

भारतमा ठूला पूर्वाधार आयोजनामा दुर्घटना हुनुलाई सामान्य मानिन्छ । गत जनवरीमा पारिस्थतिकीयरूपमा कमजोर उत्तराखण्डमा अचानक आएको बाढीमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो । सो बेला विज्ञहरूले आंशिकरूपमा अत्यधिक विकासका कारण यस्तो विपत्ति आएको बताएका थिए ।

Artha Sanjal
मिती : २८ कार्तिक २०८०, मंगलवार १४:०३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

ताजा समाचार

  1. मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन
  2. नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक
  3. नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय
  4. घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
  5. ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता
  6. चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
  7. रुसी सरकारलाई रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन नेपालले पठायाे पत्र

विजनेश फोकस

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्त...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज...

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.