अर्थ सन्जाल
२२ मंसिर २०८०, शुक्रबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२२ मंसिर २०८०, शुक्रबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

२१ कम्पनीको साढे ११ अर्बभन्दा बढीको आईपीओ पाइपलाइनमा, कुनको कति ?

  • अर्थ सन्जाल
  • २७ कार्तिक २०८०, सोमबार १४:०६


काठमाडौं । सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्नका लागि विभिन्न २१ वटा कम्पनी धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् ।

पाइपलाइनमा रहेकामध्ये सबैभन्दा धेरै ११ वटा हाइड्रोपावर, ७ वटा अन्य समूह, २ वटा म्यानुफ्याक्चारीङ र एउटा होटल एण्ड पर्यटन समूह छन् ।

बोर्डमा २१ कम्पनीले ११ अर्ब ५४ करोड २० लाख ८ हजार ५०० रुपैयाँबराबरको ७ करोड ६० लाख ५० हजार ७२५ कित्ता आईपीओ निष्काशन गर्न निवेदन दिएका हुन् ।

बोर्डको अनुमति पर्खिरहेका २१ कम्पनीमध्ये एक कम्पनीले बुक विल्डिङ विधिमार्फत र ५ वटाले प्रिमियम मूल्यमा सेयर निष्काशनको तयारी गरेका छन् । अन्य कम्पनीले भने अंकित मूल्यमा नै आईपीओ निष्काशन गर्ने अनुमतिसहित बोर्डमा निवेदन दिएका हुन् । बोर्डले अनुमति दिएमा उक्त पाइपलाइनमा रहेका कम्पनीले आईपीओ निष्काशन गर्नेछन् ।

कुनको कित्ता कति ?

रिलायन्स स्पिनिङ मिल्सले प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्मको रेन्जमा ७ लाख ७० हजार ६४० कित्ता संस्थागत लगानीकर्ताका लागि निष्काशन गर्ने तयारीमा छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले सेयर निष्काशन गर्दा ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सेर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँको ७ लाख ६ हजार ९०९ कित्ता सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

सानिमा हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँको १४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कान्तिपुर टेलिभिजन नेटवर्कले ७ करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

आईएमई लिमिटेडले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

भुजुङ हाइड्रोपावरले ५ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

डिसहोम मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सान्भी इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यको ३७ लाख ९० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै भदौ २७ गते सेबोनमा आवेदन दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट रहेको छ ।

रिचेत जलविद्युत कम्पनी पनि आईपीओ निष्काशनका लागि बोर्डको पाइपलाइनमा छ । बोर्डले अनुमति दिएमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३.५७ कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि असोज ५ गते सेबोनमा निवेदन दिएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

याम्बालिङ्ग हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि सो आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

एपेक्स हस्पिटालिटीले प्रतिकित्ता सय रुपैयाँका दरले २४ करोड रुपैयाँको २४ लाख कित्ता सेयर निष्काशन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा हिमालयम क्यापिटल रहेको छ ।

माविलुङ इनर्जी कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १८ करोड ९० लाख ५३ हजार रुपैयाँको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

जगदम्बा स्टिलले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य २०० थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा आईपीओ निष्काशन गर्नमा निवेदन दिएको छ । यो कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

एसवाई प्यानलले अंकित मूल्य १०० मा नै ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्काशन गर्न असोज १९ गते बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।

सोलु हाइड्रोपावर लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्न आवेदन दिएको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

टक्सार पिखुवा खोला हाइड्रोपावर ले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

होटल फरेष्ट इनले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता साधारण सेयर निष्काशन गर्न चाहेको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री  प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

Artha Sanjal
मिती : २७ कार्तिक २०८०, सोमबार १४:०६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको मूल्य?

सेवा प्रवाहमा अवरोध गरेको भन्दै इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका धितोपत्र बोलकबोलमार्फत बिक्री गर्ने

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

ताजा समाचार

  1. कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको मूल्य?
  2. सेवा प्रवाहमा अवरोध गरेको भन्दै इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण
  3. एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका धितोपत्र बोलकबोलमार्फत बिक्री गर्ने
  4. काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि
  5. खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय
  6. त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित मध्य राति दुई जना पक्राउ
  7. शुक्रबारको विदेशी मुद्राको विनिमय दर,कुनको कति?

विजनेश फोकस

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

नबिल बैंकमा अब किओस्क मेसिनमार्फत आफैले चेक क्ल...

निर्वाण चाैधरीको आरोप : ‘एनसेल प्रकरणमा स...

एनसेल खरिद-बिक्री प्रकरण : छानबिन गर्न ५ सदस्यी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.