


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ । बैंकले कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटाएको छ ।
बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ८.९७ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.२२ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो।
यसैगरी मंसिरका लागि १ वर्ष वा सोभन्दा बढी अवधिको संस्थागततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ५.२५ प्रतिशत कायम गरेको छ। कात्तिकमा संस्थागततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशत थियो।
बैंकले बचतमा ४ देखि ६.०५ प्रतिशत ब्याज दिँने जनाएको छ । बैंकले अहिले १० प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ ।
असोज मसान्तसम्म बैंकको आधारदर ८.२४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा अधिकतम १२.४२ प्रतिशत ब्याज लाग्छ ।
कल निक्षेपको ब्याजदर पनि घटाएर २ प्रतिशतसम्म बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ६.०५ प्रतिशत कायम गरिएको छ। कात्तिकमा कल निक्षेपको ब्याजदर २.१३ प्रतिशतसम्म र बचतको ब्याजदर अधिकतम ६.३० प्रतिशत थियो।

अर्थ सन्जाल