


ललितपुर । ललितपुर महानगरपालिका-१४, नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरूष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूबाट एक लाख तीन हजार चार सय २० रूपैयाँ पनि बरामद गरिएको छ ।
यसैगरी कालीकोटको खाँडाचक्र नगरपालिका-३, ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जना पक्राउ परेका छन् । उनीहरूबाट ३४ हजार एक सय ४० रूपैयाँ बरामद गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल