


काठमाडौं । काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ। तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ।
भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए। उनले भने, “उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह पनि गरेको छ।”
प्रशासनले अवरोध नगर्ने भएपछि मध्यरातसम्म पनि देउसी, भैलो खेलिएको छ। लक्ष्मी पूजाको दिन गएरातिबाट सुरु भएको देउसी भैलो तिहारको अन्तिम दिनसम्म खेल्ने गरिन्छ।
काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ।
Artha Sanjal

अर्थ सन्जाल