काठमाडौँको बल्खुमा एक जना पुरुषको शव फेला

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा एक जना पुरुषको शव फेला परेको छ । बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका गोकुल खड्काको शव फेला परेको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय खड्काको शव फेला पारिएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *