अर्थ सन्जाल
१८ मंसिर २०८०, सोमबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ मंसिर २०८०, सोमबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

फूल व्यापारी भन्छन्, ‘नयाँ ठाउँमा फूल खोज्दै कोही आएन, बिकेकै छैन’

  • अर्थ सन्जाल
  • २६ कार्तिक २०८०, आईतवार १७:२६


काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वदेशी उत्पादनको फूल सहुलियतमा बिक्रीका लागि निश्चित स्थान तोकेको छ । त्यसरी तोकिएको स्थानमा लगेर फूल बिक्री गर्न बसेका व्यववासीहरु निरास बनेका छन् ।

नयाँ ठाउँ र उपभोक्तालाई अपायक पर्ने स्थान भएकाले फूल बिक्री नै नभएको भन्दै उनीहरुले यसबाट आफूहरुलाई निकै घाटा पर्ने गुनासो पनि गरेका छन् । फूल बेच्ने निश्चित स्थान तोकेर व्यवस्थित गर्नु राम्रै भए पनि अलि अगाडि गर्नुपर्ने काम निकै ढिलो गरेकाले समस्या भएको व्यवसायीको भनाइ छ ।

महानगरले स्वदेशी उत्पादन बिक्रीका लागि निश्चित स्थान तोक्ने काम गरे पनि त्यो ढिलो भएको र उपभोक्ताहरुसम्म जानकारी पनि पुग्न नसकेकाले फूल खोज्दै आउनेहरु नभएको उनीहरुको भनाइ छ ।

शनिबार महानगर, नेपाल फ्लोरिकल्चयर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सले सयुक्त रुपमा काठमाडौको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा मात्रै फूलको व्यापार गर्न निर्देशन दिएका थिए ।

उक्त निर्देशनपछि फूल व्यापारीहरु तोकिएको स्थानमा गए पनि बिक्री नहुँदा आक्रोशित भएका छन् । असन, इन्द्र चोकतिर रोडको पेटीमा बेच्ने गरेको फूललाई कसैले पनि नचिनेको स्थानमा ल्याएर राखेको भन्दै फूल व्यापारी अशोक अधिकारीले गुनासो गरेका छन् ।

उनले सरकारले भारतबाट फूलको आयात बन्द गर्ने भएपछि किसानहरुले फूलको खेती गरेको तर अहिले व्यापार प्रभावित हुने गरी व्यवस्था गरेको भन्दै फूलको बिजोग मात्रै भएको बताए ।

उनले भने, ‘सरकारले भारतबाट फूल आउन नदिने भयो, किसानहरुले फूलको खेती बढाए । अहिले बिजोग छ । बिकेकै छैन । असन, इन्द्र चोकतिर सडकको पेटीमा बेच्ने गरेका थियौं । त्यता हुँदा धेरै ग्राहकहरु फूल खोज्दै आउँथे । अहिले त्यहाँ बेच्न नपाएर यहाँ आएका छौं । यहाँ माला बेच्न राखेको पहिलो पटक हो त्यसकारण यहाँ किन्न मान्छेहरु नै आउँदैनन् । जस्तो ल्याएर राखेको त्यस्तै छ, सोध्न आउने पनि कोही छैनन् ।’

चाडवाड आएका बेला अलिकति पैसा कमाउँ, चेलीबेटीलाई बोलाउँ भन्ने सोचले फूल बेच्न आएका व्यापारीहरुको विजोग भएको उनले बताए ।

उनले भारतबाट फूल ल्याउन बन्द गरिएको भने पनि भित्रन नछाडेको भन्दै सरकारले जनतालाई आवश्यक भएको कुरा आयात गर्न छोडेर नेपाली किसानलाई मार पर्ने हिसाबमा फूल ल्याएको आरोप लगाए ।

यस्तै, अर्का व्यापारी चतुरी विकले पहिला जेजसो भए पनि बेचेर जाने गरेकामा अहिले मान्छे नै नआउने स्थानमा ल्याएर राख्दा घर जान पुग्ने पैसा पनि नउठेको गुनासो पोख्छिन् ।

उनले यसपालि पहिलाकै स्थानमा बस्न दिएर अर्को वर्षदेखि यसरी राखेको भए थोरै पैसा भएपनि आउने भन्दै आज एक दिनका लागि यसरी रोक नलगाएको भए हुने बताइन् ।

उनले भनिन्, ‘पहिला जेजसो भए पनि बेचेर जाने गरेका थियौं । यसपालि घर जाने पैसा पनि नउठ्ला जस्तो भएको छ । यस्तो हुने हो भने त्यहाँदेखि आएको केही फाइदा छैन । जे गरे पनि मर्ने भनेको गरिब किसान नै हो । यस्तो कोही नआउने स्थानमा ल्याएर राख्दा बिक्री भएको छैन । यसपालि पहिलाकै स्थानमा बस्न दिएर अर्को वर्षदेखि यसरी राखेको भए हुन्थ्यो ।’

महानगरपालिकाले फूल बेच्नका लागि तोकिएको केन्द्रको विषयमा हप्ता दिन अगाडि नै जानकारी र प्रचार गरेको भए केही पैसा कमाउने मौका पाउने अवस्था हुने तर ढिला गरी यस्तो व्यवस्था गरिएकाले मर्कामा परेको फूल व्यापारी दिपक गिरी बताउँछन् ।

उनले आजबाट बेच्न ल्याएको फूल बेकार भएको भन्दै यसको जिम्मेवारी महानगरले लिने हो कि कसले लिने भन्दै प्रश्न पनि उठाएका छन् ।

उनले भने, ‘महानगरपालिकाले फूल बेच्न तोकिएको केन्द्रको विषयमा हप्ता दिन अगाडि नै जानकारी र प्रचार गरेको भए सजिलो हुन्थ्यो । केही पैसा कमाउने मौका हुन्थ्यो तर तर अब यो फूल आजबाट काम नलाग्ने हुन्छ ।’

फूल तत्कालै बिक्री गर्न नसके बिग्रिएर जाने भन्दै गिरीले यसबाट धेरै नोक्सानी हुने बताए । धेरैजसो ग्राहकहरुलाई फूल कहाँ पाइन्छ भन्ने जानकारी नै नभएकाले कोही खोज्न नआएको उनको भनाइ छ ।

उनले भने, ‘आज बिक्नपर्ने सामानहरु नबिकेपछि के छ महानगरपालिकाको योजना ? महानगरले भारतीय फूललाई प्रतिस्थापन गर्नुपर्छ भनेर नेपाली फूललाई प्रवर्द्धन गर्ने कुरा गरेको थियो । हामीले त्यही हिसाबमा फूल लिएर आयौं । तर बिकेको छैन । यो फूललाई महानगरले उचित मूल्य दिएर व्यवस्थापन गर्नुपर्छ ।’

Artha Sanjal
मिती : २६ कार्तिक २०८०, आईतवार १७:२६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

ताजा समाचार

  1. मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन
  2. नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक
  3. नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय
  4. घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
  5. ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता
  6. चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
  7. रुसी सरकारलाई रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन नेपालले पठायाे पत्र

विजनेश फोकस

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्त...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज...

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.