


काठमाडौं । कृषि विकास बैंकले मंसिर महिनाका लागि ब्याजदर विभिन्न खातामा घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ । कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो ।
मंसिरमा व्यक्तिगततर्फ १ महिनादेखि ५ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजददर ९.५१२ प्रतिशत तोकिएको छ । संस्थागततर्फको मुद्दति निक्षेपको भने ६ महिनादेखि ५ वर्षसम्म अवधिको पनि घटाएर बैंकले ७.५१२ प्रतिशत बनाएको छ । कात्तिकमा संस्थागतर्फको मुद्दति निक्षेपको ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजदर ७.७६१९ प्रतिशत थियो।
कल निक्षेपको ब्याजदर पनि घटाएर २.५ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ८ प्रतिशत कायम गरिएको छ। कात्तिकमा कल निक्षेपको ब्याजदर २.६२५ प्रतिशत र बचतको ब्याजदर अधिकतम ८.२५ प्रतिशत थियो।

अर्थ सन्जाल