पूर्वप्रधानमन्त्री खनाल भन्छन् – ‘राजतन्त्रको मुद्दा थोत्रो भइसक्यो’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राजतन्त्रको मुद्दा थोत्रो भइसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयाेजना गरेकाे कार्यक्रममा उनले यसको अब कुनै अर्थ नहुने बताए ।

जनताले फ्याँकेका एजेन्डा ताजा बन्न नसक्ने नेता खनालकाे धारणा छ । ती एजेन्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको बताए । अहिले देशलाई हाँक्ने शक्ति मुलुकको ज्वलन्त समस्या समाधान गर्न गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

फरक प्रसंगमा नेता खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।  उनले भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध नभएको गुनासो आएको उल्लेख गरे ।

नेता खनालले  भविष्यमा विपद्‍बाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सरकारले समयमै आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *