


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनबाट आफ्नाे पार्टी देशकाे पहिलाे शक्ति बन्ने बताएका छन् । उनले जनताको विश्वास जितेर माओवादीले ०६४ जस्तै सरकारको नेतृत्व गर्ने दाबी गरे ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जित्ने बताए । उनले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुआत गरेको र अझै नयाँ आन्दोलनको सुरुआत गर्ने उल्लेख गरे ।
प्रण्डले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य रहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताए ।
प्रधानमन्त्री प्रचण्डले राजश्व तथा पर्यटनमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताए । उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले देशमा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार सुरु भएको बताए । उनले सरकार ढाल्न विभिन्न प्रतिक्रियावादीहरू सक्रिय भएको बताए ।

अर्थ सन्जाल