


काठमाडौं । नेपालीहरूकाे दाेस्राे ठूलाे पर्व तिहार शनिबारदेखि सुरु हुँदैछ । काठमाडाैंका व्यापारिक केन्द्रहरूमा देखिने सामाग्री तथा किनमेल गर्नेहरूकाे भीडले पनि तिहारकाे आभास दिलाउँछ ।
काठमाडौंको पुरानो बजार मानिने असन–ईन्द्रचोक, न्यूराेड लगयतका ठाउँमा किनमेल गर्नेको भीड बढेको छ । तिहारका लागि आवश्यक सम्पूर्ण सामान किनमेल गर्न पुग्ननेको घुइँचाे गल्ली र पसलमा छ ।
तिहारमा आवश्यक सप्तरंगी टीका, फूलमाला, रातोमाटो, ढाका टोपी, बिमिरो तथा आवश्यक सम्पूर्ण सामान किन्न बजारमा सर्वसाधारणको भीड लागेकाे हाे ।
तस्बिरहरू
Artha Sanjal

अर्थ सन्जाल