


काठमाडौं । असोज महिनामा महँगी ७.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष सोही महिनामा महँगी ८.५ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको तीन महिना (असोज) मा खाद्य तथा पेय पदार्थको मूल्य ८.३८ प्रतिशतले र गैरखाद्य पदार्थको मूल्य ६. ८१ प्रतिशतले बढेको छ ।
खाद्य पदार्थअन्तर्गत सबैभन्दा धेरै मरमसलाको मूल्य ३७.६३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै चिनी तथा चिनीजन्य वस्तुको मूल्य १८.२२ प्रतिशत फलफूलको मूल्य १४. ०२ प्रतिशत दुग्ध पदार्थको मूल्य ११. ९२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा घ्यू तेलको मूल्य ११. ६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.२५ प्रतिशतले बढेको छ ।

अर्थ सन्जाल