काठमाडाैं । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको थियो । तर, यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरले जनाएको छ ।
कोरोना महामारी तथा सुरक्षाको कारण विगतका वर्षहरूमा देउसी भैलो खेल्न समय छोट्याइएको थियो । राति १ बजेसम्म देउसी खेल्दा सुरक्षाकमो लागि पेट्रोलिङको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।
सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न काठमाडौं महानगरका प्रमुख बालेन शाहले अनुरोध गरेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल