


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ ।
बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस (पीओएस) मेसिनमा रु. १ हजार वा सोभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा रु. ३०० अथवा ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक पाउनेछन् । पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कार्तिक २५ गते काग तिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको बैंकले जनाएको छ ।
यसैगरी बैंकको मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकले कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाइटीकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “TIHAR” लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु. ३०० सम्म क्यासब्याक पाउनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको छ ।

अर्थ सन्जाल