


काठमाडाैं। नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला एक लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो एक हजार रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी आज तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल