आइजीआई प्रुडेन्सियलको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौं ।  आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेकोछ । कम्पनीले गत कात्तिक २० गतेदेखि कात्तिक २२ गतेसम्म उक्त तालिम सञ्चालन गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट तोकेको क्षेत्रमै तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका प्रमुख तिलकबहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरलगायतको उपस्थितिमा कम्पनीले तालिम सञ्चालन गरेको थियो।

तालिममा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक ३३ जनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *