काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८५ अकंले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ अंकले घटेर ३५८.४० को विन्दुमा पुगेको छ।
आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हनार रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।
बिहिबार सोनापुरको ७ करोड ७० लाख र सोल्टी होटलको ३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सयपत्रि हाइड्रोपावरको ६.९६ प्रतिशत, सनराइज ब्लूचिप कोषको ५.८५ प्रतिशत, ओरियन्टल होटलको ४.०३ प्रतिशतले सेयर मूल्य बढेको हो ।
त्यस्तै, माउन्टेन इर्नर्जीको ६.५८ प्रतिशत, नेपाल एसबिआइ बैंकको ६.४३ प्रतिशत र मायाखोला हाइड्रोपावरको ६.३७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
अर्थ सन्जाल