अर्थ सन्जाल
१८ मंसिर २०८०, सोमबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ मंसिर २०८०, सोमबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एउटै व्यक्तिको २३ वटा लघुवित्तमा ऋण, एकै ऋणीको ऋण ५२ लाख बढी

  • अर्थ सन्जाल
  • २३ कार्तिक २०८०, बिहीबार १५:५१


काठमाडौं । नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाका समस्या र समाधान अध्ययन प्रतिवेदनले एउटै ऋणीले अधिकतम २३ वटा लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएको तथ्य फेला पारेको छ । प्रतिवेदन समितिलेव बहुबैकिङको स्तर गहन नै रहेको पत्ता लगाएको हो ।

कुल २३ लाख १ हजार २ सय ९३ ऋणीहरूमध्ये ४ लाख १८ हजार ७ सय २२ अर्थात् १८.२० प्रतिशत ऋणीहरूको एकभन्दा बढी लघुवित्त वित्तीय संस्थामा कर्जा खाता
रहेको छ ।

हाल ६३ लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । तीमध्ये चार थोक कर्जा दिने संस्था हुन् भने ५८ लघुवित्तले मात्रै सर्वसाधारणलाई कर्जा प्रवाह गर्दै आएका छन् । एक ऋणीले सर्वाधिक २३ वटा लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरेको छ ।

एकै ऋणीले १७ वटा लघुवित्त वित्तीय संस्थामा रहेको २२ वटा कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार ८ सय ३४ रुपैयाँ कर्जा उपभोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

एक भन्दा बढी ऋणीहरूले कुल कर्जाको ३७.८६ प्रतिशतअर्थात् १ खर्ब ४० अर्ब ६५ करोड रुपैयाँ कर्जा उपभोग गरेका छन्। साथै, भने एक भन्दा बढी संस्थाबाट कारोबार गरेका ऋणीहरूको औषत कर्जा रु.३ लाख ३६ हजार रहेको छ । एक ऋणीको विभिन्न शीर्षकमा अधिकतम २९ वटा कर्जा खाता समेत रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

लघुवित्त संस्थाहरूमा कुल ३९ लाख ३५ हजार १७१ कर्जा खाता रहेकामा विश्लेषण प्रयोजनका लागि रु.१००० भन्दा कम रकम भएका ४ लाख १ हजार ८०६ कर्जा खातालाई हटाई बाँकी रहेका खाताको विश्लेषण गरिएको छ ।

रु.१ हजारभन्दा बढी रकमका खाताहरूमात्र विश्लेषण गर्दा ५८ वटा संस्थाहरूले कुल २३ लाख १ हजार २ सय ९३ ऋणीलाई ३५ लाख ३३ हजार ३ सय २५ कर्जा खातामार्फत कुल रु.३ खर्ब ७१ अर्ब ५६ करोड कर्जा प्रवाह गरेका छन् ।

कुल ऋणीको ८१.८ प्रतिशतले एकवटा मात्र संस्थाबाट र बाँकी १८.२ प्रतिशत (४ लाख १८ हजार ७२२ जना) ले दुई वा सो भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लगेका छन्।

यी बहु संस्थाबाट कर्जा लिएका ऋणीले रु.१ खर्ब ४१ अर्ब (कुल कर्जाको ३७.९ प्रतिशत) कर्जा उपभोग गरेका छन् । यसप्रकार बहु संस्थामा संलग्न ऋणीको संख्या प्रतिशतमा कम भएतापनि लघुवित्त वित्तीय संस्थाको कुल कर्जामा ठूलो हिस्सा रहेकाले बहुबैंकिङ्गको समस्या गम्भीर रहेको प्रतिवेदनले देखाएको छ ।

एक ऋणीलाई १७ वटा संस्थाबाट २२ वटा कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार ८३४ कर्जा प्रवाह भएको छ । कुल ऋणीमध्ये २ वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११.७ प्रतिशत, ३ देखि ५ वटाबाट लिने ५.६ प्रतिशत, ६ देखि १० वटाबाट लिने ०.८ प्रतिशत र १० भन्दा बढीबाट लिने ०.१ प्रतिशत रहेका छन्।

१५ लाख वा सोभन्दा बढी ऋण लिने कुल ३ हजर ८५२ ऋणी रहेका छन् । जसमध्ये दुई देखि पाँच खाता भएका ८९३ जना, ६ देखि १० खाता भएका १,२३४ जना र १० भन्दा बढी खाता भएका १,६९७ जना रहेका छन्। एउटै खाताबाट पनि रु. १५ लाख लिने २८ जना ऋणी देखिन्छ ।

ऋणको आकार बढ्दै जादा ऋणीको कर्जा खाता संख्या पनि बढ्दै जाने गरेको छ । ५० हजारभन्दा कम कर्जा लिने ६ लाख ५७ हजार २ सय १० ऋणीहरूमध्ये ५ लाख ८६ हजार (८९.४१ प्रतिशत) ऋणीको एउटा कर्जा खाता रहेको छ ।

त्यसैगरी, रु.७ लाखदेखि रु.१५ लाखसम्म कर्जा लिने ४५ हजार २२ ऋणीहरूमध्ये १० हजार १ सय ८७ (२२.६३ प्रतिशत) को एउटा मात्र कर्जा खाता रहेको छ । रु.१५ लाख वा सो भन्दा बढी कर्जा उपभोग गरिरहेका ३ हजार ८ सय ५२ ऋणीहरूमध्ये अधिकांशको एकभन्दा बढी कर्जा खाता रहेको छ ।

लघुवित्त वित्तीय संस्थामा महिला ऋणीहरूको बाहुल्यता रहेको छ । राष्ट्र बैंकका अनुसार लघुवित्तमा ऋण लिनेमध्ये ९८ प्रतिशत ऋणीहरू महिला रहेको देखाएको छ ।

त्यसैगरी, उमेर समूहका आधारमा हेर्दा ३४.६ प्रतिशत ऋणीहरू ३५ देखि ४४ वर्ष, ३०.९ प्रतिशत ऋणीहरू ४५ देखि ६० वर्ष, र २६.९ प्रतिशत ऋणीहरू २५ दखि ३४ वर्षका रहेका छन्।

रु.१ हजारभन्दा बढी रकमका खाताहरूमात्र विश्लेषण गर्दा ५८ वटा संस्थाहरूले कुल २३ लाख १ हजार २ सय ९३ ऋणीलाई ३५ लाख ३३ हजार ३ सय २५ कर्जा खातामार्फत कुल रु.३ खर्ब ७१ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ । यस तथ्याङ्कले एक ऋणीको एकभन्दा बढी कर्जा खाता रहेको वा बहुबैंकिङ्गको
अवस्थालाई देखाएको छ । त्यसैगरी, एक ऋणीको औसतमा रु.१ लाख ६१ हजार कर्जा रहेको देखिन्छ ।

Artha Sanjal
मिती : २३ कार्तिक २०८०, बिहीबार १५:५१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

ताजा समाचार

  1. मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन
  2. नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक
  3. नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय
  4. घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
  5. ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता
  6. चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
  7. रुसी सरकारलाई रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन नेपालले पठायाे पत्र

विजनेश फोकस

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्त...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज...

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.