


काठमाडौं । लघुवित्त वित्तीय संस्थामा महिला ऋणीहरूको बाहुल्यता रहेको छ । नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाका समस्या र समाधान अध्ययन प्रतिवेदनले करिब ९८ प्रतिशत ऋणीहरू महिला रहेको देखाएको छ ।
त्यसैगरी, उमेर समूहका आधारमा हेर्दा ३४.६ प्रतिशत ऋणीहरू ३५ देखि ४४ वर्ष, ३०.९ प्रतिशत ऋणीहरू ४५ देखि ६० वर्ष, र २६.९ प्रतिशत ऋणीहरू २५ दखि ३४ वर्षका रहेका छन्।
रु.१ हजारभन्दा बढी रकमका खाताहरूमात्र विश्लेषण गर्दा ५८ वटा संस्थाहरूले कुल २३ लाख १ हजार २ सय ९३ ऋणीलाई ३५ लाख ३३ हजार ३ सय २५ कर्जा खातामार्फत कुल रु.३ खर्ब ७१ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस तथ्याङ्कले एक ऋणीको एकभन्दा बढी कर्जा खाता रहेको वा बहुबैंकिङ्गको अवस्थालाई देखाएको छ । त्यसैगरी, एक ऋणीको औसतमा रु.१ लाख ६१ हजार कर्जा रहेको देखिन्छ ।
Artha Sanjal

अर्थ सन्जाल