एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। पछिल्लो सयम नेपाली बजारमा सुनको मूल्य ओरालो लागि रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १००० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बिहिबार चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *