मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश दिने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जसमा ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *