आजदेखि सय रुपियाँमा चिनी बेच्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

 

काठमाडाैं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि शनिबारसम्म प्रतिकिलोग्राम १ सय रुपियाँमा प्रति व्यक्ति २ किलोसम्म चिनी दिने जनाएको छ ।

कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले साल्ट ट्रेडिङ कर्पोरेसनसँग ९७ रुपियाँमा लिएको ५० क्विन्टल चिनी उपत्यकाका सबै शाखाबाट २ किलोका दरले चिनी बेचिने जानकारी दिए । उनले बिहान १० बजेबाट ४ बजेसम्म खुल्ने खाद्य व्यवस्थाका शाखाहरूमा गएर उपभोक्ताले चिनी लिन सक्ने जानकारी पनि दिए ।

साल्ट ट्रेडिङ कम्पनीले भने दशैं अगाडिबाटै प्रतिकिलो ९७ रुपियाँमा चिनी बेचिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *