काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मनकामना अस्पताल, भरतपुरको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा १८५ जना व्यक्तिहरुले स्वास्थ्य परिक्षण गरेका छन् । अस्पतालका वरिष्ठ फिजिसियन उत्सव अधिकारी समेतको स्वास्थ्य टोलीले उक्त कार्यक्रममा स्वास्थ्य परिक्षण गरेको बैंकले जनाएको छ ।
बैंकको वार्षिकोत्सवका कार्यक्रमहरु अन्तर्गत बैंकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुको Walkathon कार्यक्रम सम्पन्न गरेको छ । उक्त Walkathon कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी मन्दिर, डिल्लीबजार, पुतलीसडक, हात्तीसार, नक्साल, नारायणचौर, नक्साल भगवती मन्दिर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालयसम्म भएको थियो । उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।