


काठमाडौं। साताको तेस्रो दिन सेयर बजारमा सुधार आएको छ । आज नेप्से सूचक ११.२२ अंकले बढेर १८५८.७६ को विन्दुमा उक्लिएको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.४६ अंकले बढेर ३५८.१९ को विन्दुमा पुगेको छ। आज २८५ कम्पनीको ४३ करोड ३१ लाख २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार बैंकिङ समूहको ०.२० प्रतिशत, विकास बैंक समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको १.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशथ गरी १२ उपसूचकमा हरियाली आएको छ ।
आज हिमालयन बैंकको प्रोमोटर सेयरको ८ करोड १६ लाख रुपैयाँ र माछापुच्छे बैंकको ६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल