काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । आज (साेमबार) अपरान्ह ४: ३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । जाजरकोटको रामिडाँडा नै केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।
यअघि गएकाे शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर आएकाे भूकम्पका कारण डेढ सयभन्दा धेरैकाे ज्यान गएकाे थियाे भने कराेडाैंकाे भाैतिक संरचनामा क्षति पुगेकाे छ ।