भूकम्प पीडितहरूका लागि नेसपाले प्रधानमन्त्री उद्धार काेषमा १० लाख जम्मा गरिदिने

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले भूकम्प पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने भएकाे छ ।

पार्टीको आइतबार बसेको बैठकले पीडितहरूको उद्दार तथा राहतमा खट्न पार्टी पङ्तिलाई निर्देशन दिनुका साथै उद्धार र राहतलाई प्रभावकारी बनाउन पार्टीका उपाध्यक्ष भक्तबहादुर शाहको नेतृत्वमा ३ सदस्यीय टिम पनि बनाएकाे छ ।

राहतका लागि खाद्यान्न लगायतका सामाग्री संकलन गर्ने निर्णय पनि भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *