बैंकहरू साना तथा मझौला उद्योग कर्जा खोसाखोस

बैंकहरूलाई लघु, घरेलु, साना तथा मझौला उद्यम एसएमई क्षेत्रमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्न अनिवार्य गरिएपछि कर्जा खोसाखोस भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले समेत निश्चित प्रतिशत कर्जा उपर्युक्त क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि विकास बैंक र फाइनान्स कम्पनीबाट कर्जा खोसाखोस भएको हो ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिबाट वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जा प्रवाहको न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था भएको थियो ।

केन्द्रीय बैंकले २०७८ असारसम्ममा ११, २०७९ असारमा १२, २०८० असारमा १४ र २०८१ असारमा १५ प्रतिशत पुर्‍याउन समयसीमा दिएको थियो । बैंकहरूले समयसीमाअनुसार तोकिएको कर्जा पुर्‍याउन विकास बैंक र फाइनान्स कम्पनीका ग्राहकलाई आकर्षित गरेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले जनाए।

राष्ट्र बैंकले पुस दोस्रो साता निर्देशन जारी गरी लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने समय २०८२ असार मसान्तसम्म दिएको छ । कार्यतालिका अनुसार २०७९ असार मसान्तसम्ममा यस क्षेत्रमा न्यूनतम ११ प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *