काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडालगायत सिरक, डस्ना र म्याट्रेस सहयोग गर्ने भएको छ ।
चेम्बरको विपद् व्यवस्थापन कोष अन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । चेम्बरले आवश्यक सम्पूर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धारा प्रणालीमा सहयोग गर्नेछ ।
भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका पीडितलाई खाद्यन्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डस्ना र म्याट्रेस वितरण गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामाग्री वितरण गरिने अध्यक्ष मल्लको भनाई छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदान प्रकट गरेको छ ।
चेम्बरले जाजरकोटलगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुनस्र्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।