निरन्तर ओरालो लाग्यो सेयर बजार, १२ उपसूचक राताम्य

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २१.४६ अकंले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.३६ अकंले घटेर ३५२.३९ को बिन्दुमा पुगेर बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.५० प्रतिशत, विकास बैंक समूहको १.६४ प्रतिशत, फाइनान्स समूहको १.०८ प्रतिशत, हाइड्रोपावर समूहको १.११ प्रतिशतले सेयर मुल्य ओरालो लागेको हो ।

आज नबिल बैंकको प्रोमोटर सेयरको ४ करोड ६० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *