जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले अर्थसन्जाललाई दिएको जानकारी अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ७३ जना जनाको मृत्यु छ भने १०८ जना बढी घाइते भएका छन् ।
उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।
भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।
उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ । भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकालले जानकारी दिए ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।