काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकले खुद नाफा बढाएको छ । असोज मसान्तसम्म बैंकको खुद नाफा ६.५३ प्रतिशतले बढेर ९६ करोड ३२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ९० करोड ४१ लाख रुपैयाँ थियो ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १ अर्ब ६० करोड रुपैयाँ थियो। वितरणयोग्य मुनाफा ३२.४९ प्रतिशतले घटेको छ।
बैंकको सञ्चालन मुनाफा ६.५१ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब २९ करोड रुपैयाँमा सीमित रहेको थियो।
समीक्षा अवधिमा बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ५ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ८.२९ प्रतिशतले बढेको छ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर २.८४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.९० प्रतिशतमा सीमित थियो । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ४८ करोड १ लाख रुपैयाँ छुट्याएको छ।
पहिलो त्रैमासमा बैंकले २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १३.३७ प्रतिशतले बढेर ९ अर्ब ८७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.६९ रुपैयाँ रहेको थियो। पीई रेसियो ८.९३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९.६९ रुपैयाँ रहेको छ।