एभरेष्ट बैंकको नाफा ७८ करोड बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

असोज मसान्तसम्म बैंकले ७८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ८६ करोड २२ लाख रुपैयाँ थियो । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड रहेको छ ।

बैंकको सञ्चालन मुनाफा ९.४५ प्रतिशतले घटेर १ अर्ब ११ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी ०.३२ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८८ करोड रुपैयाँमा सीमित थियो ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ०.९० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.३३ प्रतिशतमा सीमित थियो।

बैंकले समीक्षा अवधिसम्म २ खर्ब १३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने १ खर्ब ९८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब बढी कर्जा परिचालन गरेको थियो।

अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी भने बढेको छ । अघिल्लो वर्ष २१.४५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर २९.१९ रुपैयाँको उचाईमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *