काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।
आजको सेमिफाइनल विजेता अर्को बर्ष आयोजना हुने टी २० विश्वकप खेल्न पाउने भएकाले नेपाल र युएई दुवैका लागि आजको खेल निकै नै महत्वपूर्ण रहेको छ । नेपाल र युएईबीचको सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि आमने सामने हुने छन् ।
नेपाल सन् २०१४ पछि पहिलो पटक टी २० विश्वकप खेल्ने लक्ष्यका साथ मैदान उत्रने छ । २०२१ का विश्वकप छनोटमा पनि नेपालको बाधक युएई बनेकाले यस पटक उक्त खेलको बदला लिने सोँचमा नेपाल रहेको छ ।
यस्तै अर्को सेमिफाइनलमा ओमान र बहराइनले त्रिवि क्रिकेट मैदानमा खेल्ने छन् । नेपाल र युएई अहिलेसम्म ८ पटक टी २०मा भिड्दै दुवैले ४–४ पटक वाजी मारेका छन् ।