काठमाडौं । साताको अन्तिम कारोबार आज (बिहीबार) सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० बिन्दुमा झरेको छ ।
कारोबार रकम भने बुधबारको तुलनामा बुधबार बढेको छ । यस दिन ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको सेयर किनबेच भएको थियो ।
यस दिन २८१ वटा कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यस दिन ४० कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको घट्यो भने ६ को स्थिर रह्यो ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा उपसूचकमध्ये होटल्स तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै परिसूचकमा रातो पोतिएको छ ।
विहीबार चन्द्रागिरी हिल्सको सेयर मूल्य सर्वाधिक ६.०४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ११२४ रुपैयाँ पुगेको छ। यस्तै, हिमालयन लघुवित्तको सेयरमूल्य ५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयरमूल्य ६३० रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सयपत्री हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५०२ रुपैयाँ २० पैसामा झरेको छ ।