बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाला सुन ७ सय रुपैयाँले प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *