विशाल ग्रुपको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री गर्दै नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५ लाख कित्ता सेयर लिलामीमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपको नाममा रहेको ५ लाख कित्ता संस्थापक सेयर आज कात्तिक १६ गतेबाट उक्त सेयर लिलाम लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ। त्यसैले उक्त खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति कात्तिक २० गतेसम्म तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *