तपाईहरुले पूरै देश बेचे पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ : मेयर बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले नेताहरुले देश नै बेच्न खोजिसकेको आरोप लगाएका छन् । सामाजिक संजालमाफर्त बुधबार बेलुकी उनले नेताहरुले पूरै देश नै बेचे पनि काठमाडौँ भने एक्लो नेपाल भनेर उभिने बताए ।

उनले लेखेका छन्, ‘नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन ।’ अगाडि लेखेका छन्, ‘तपाईहरुले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिने छ ।’

मेयर साहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको भन्दै कसैको अपमान नगरेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *