नेपाली सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । नेपाली सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने खनाललाई नेपाली सेनाको उजुरीपछि पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ । खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरकाे बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्युरोले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *