नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलवार बाँडफाँट गर्ने

नेष्डो समृद्ध लघुवित्तीय संस्था लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट गर्ने छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी मंगलवार अन्तिम बाँडफाँट हुने जानकारी भएको हो । कम्पनीको आईपीओमा करिब २६ लाखले आवेदन दिएका छन् । मागभन्दा ३८ गुणा आवेदनपरेको यस कम्पनीको आईपीओ ७७ हजार ४५६ जनालई मात्र दिइने छन् ।

कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ आगामी मंगलवार बाँडफाँट हुने छ । बाँडफाँट ब्यवस्था अनुसार न्यूनतम १० कित्तासम्म माग गर्ने योग्य आवेदकहरुमध्यबाट ७४ हजार ५६३ जनालाई गोलाप्रथाका माध्यमबाट पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट गर्नेछन ।

सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित कुल रू ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको छ । सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्य शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।

कम्पनीको यो आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू। १७ करोड २१ लाख २५ हजार रहेको छ । आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू। २५ करोड ५० लाख पुग्नेछ । हाल संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गर्नेछ ।

दोस्रो बजारमा नयाँ कम्पनीहरुको कारोबार गर्न मिल्ने शेयर सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारयोग्य हुने व्यवस्था रहेको छ । नेप्सेले पहिलो कारोबारका लागि तोकेको मूल्यरेञ्जको आधारमा स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कम्पनीको शेयर कारोबार खुला गरिने छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता रू २६० दशमलव ८४ देखि अधिकतम रू ७८२ दशमलव ५२ सम्मको मूल्यरेञ्ज तोक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *