काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्ष चर्काउने घोषणा गरेको छ । सरकारमा बसेर राज्यका नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।
गणतन्त्रका उपलब्धिहरू उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरूको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्षमा उत्रिने घोषणा गरेको हो ।
दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।
दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।