चिरख्वा हाइड्रोपावरको आईपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ आगामी बिहीबार बाँडफाँट हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले चिरख्वा हाइड्रोपावरको कात्तिक १६ गते बिहीबार आईपीओ बाँडफाँट गर्ने भएको हो । कम्पनीकोआईपीओ बाँडफाँट कार्यक्रम दिउँसो १ बजे आरबीबी मर्चेन्टकै कार्यालयमा हुने भएको छ ।

यो आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ। यस हिसाबले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। चिरख्वा हाइड्रोपावरको आईपीओमा ११ लाख बढी आवेदकको हात खाली हुने देखिएको छ।

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आईपीओ बिक्री खुला गरेको थियो। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १२ लाख १२ हजार ६४५ आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *