किन निरन्तर ओरालो लाग्यो सोनापुर मिनरल्सको सेयर मूल्य ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्यमा लगातार तेस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि कारोबार शुरु भए लगत्तै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।

बिक्रीको चाप र खरिद माग शून्य हुँदा कम्पनीको सेयर मूल्य निरन्तर घटिरहेको छ । कम्पनीको सेयरको बिक्री चाप अत्यधिक छ । यो समाचार तयार पार्दासम्म कम्पनीको २ लाख ७० हजार ४०८ कित्ता सेयर बिक्रीका लागि राखिएको छ । तर खरिद अर्डर भने शून्य छ ।

दोस्रो बजारमा कारोबार सुरु भएसँगै कम्पनीको सेयरमूल्य निरन्तर घटिरहेको छ । तेस्रो दिनसम्म कम्पनीको सेयर मूल्य ९४.८० रुपैयाँले घटिसकेको छ ।

उक्त कम्पनीको पहिलो कारोबार गत आइतबारबाट प्रतिकित्ता ३५० रुपैयाँमा शुरु भएको थियो । कम्पनीले प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३७.५८ मा आईपीओ निष्काशन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *