काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले बाईसौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको उक्त सभा आगामी मङ्सिर ५ गते आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको थियो ।
सभाले लेखापरीक्षण प्रतिवेदनसहित, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




