काठमाडौँ । अब सवारी चलाउँदा सवारीचालक अनुमति पत्र बोक्न नपर्ने भएको छ । नागरिक एपको फेसबुक पेज मार्फत सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरीहरुले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिएको हो ।
सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ । यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्’।
नागरिक एपले आज ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमा लिंक गरेको लाइसेन्सलाई मान्यता दिने व्यवस्था लागू भएको जनाएको हो । यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए/नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो भने अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो ।