भन्सार छली ल्याएको २८ लाखको सुनसहित पाँचजना पक्राउ

काठमाडौं । अबैध रुपमा भन्सार छली सुन कारोबार गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  नजिर मन्सुरी, कारी ईसार केवट,  अमृतधन राई, अर्जुन भट्टराई र यम भन्ने अनिष थापा रहेका छन्।

कतारको उडानमार्फत् नेपाल आउने भन्सार छली अबैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा पर्ने सुनको ढिक्का थान–३ (जम्मा तौल २१४.३६ ग्राम) र सिक्रीहरू थान–३ र नगद रू१ लाख १० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *